१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पाको अर्चलेका नागरिक उज्यालोमा बस्न पाउने




असार ८, रामपुर । पाल्पाको अर्चलेका नागरिक यतिबेला उज्यालोमा बस्न पाउने भएपछि खुशी भएका छन् । विज्ञान र प्रविधिको युग भनिए पनि विद्युत्को उज्यालो महसुस गर्न नपाएका नागरिक अहिले भने प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण गरेपछि भने दङ्ग छन् ।

सरकारको ९० प्रतिशत अनुदान तथा स्थानीय उपभोक्ताको करीब १० प्रतिशतमा २० वाट क्षमताको सौर्यबत्ती पाएपछि स्थानीय नागरिक उज्यालोमा बस्न पाउने भएको निस्दी गाउँपालिका ६ का वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याउनका लागि गाउँमा खम्बा गाडिए पनि विद्युत् सेवा नपाएर टुकीका भरमा जीवनयापन गरेका नागरिक सौर्यबत्तीबाट धेरै सहज हुने विश्वासमा छन् ।

स्थानीयवासी खेमबहादुर विकले खुशी हुँदै भने, “एउटा टुकीको भरमा छामछाम छुमछुम गर्दै भित्र बाहिर काम गर्थ्यौँ, घरमा बालबालिकालाई पढ्न पनि समस्या थियो, अब त उनीहरुलाई पढ्न पनि सजिलो हुने भयो ।” अर्चलेका ९३ घरपरिवारले सौर्यबत्ती प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००