१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाद्य प्रविधिका महानिर्देशक सहित १३ जना बिरुद्ध मुद्दा दायर



असार ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसहित १३ जना बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजनामा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा २४ करोड ८० लाख रुपैयाँ भ्रष्टचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भ्यान कार्यालयमा प्राप्त नहुँदै ऐन कानूनलाई आफू अनुकुल प्रयोग गरि कमिसन खाएर भुक्तानी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

महानिर्देशक कर्णसहित बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल बिरुद्ध मुद्दा दायर गरिएको छ ।

यसैगरि, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषी इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल बिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यसै गरि भ्यान बिक्रेताको प्रतिनिधि प्रविण कुँवर बिरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००