१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहरमा भन्दा ग्रामीण क्षेत्रमा महको माग बढ्दो



तस्बिरः मौरी विकास केन्द्र

असार ४, सिराह । सिराहका गाउँपालिकाहरूमा उत्पादन हुने मह सिरहाका प्रमुख बजारहरूमा भन्दा ग्रामीण क्षेत्रमा बढी माग हुने गरेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुको बढी खपत सहर र सहरोन्मुख क्षेत्रमा हुने गर्छ । तर यसको बिपरीत मौरीको मह सहरमा भन्दा गाउँमा खपत हुँदै आएको छ

भवानीपुरका गायत्री मौरी विकास केन्द्रका सञ्चालक चन्देश्वर कामतीले अहिले मासिक २५ बाकस मौरी पालिरहेका छन् । कामतीको अनुभवमा आफूले उत्पादन गरेको सबै मह गाउँमै खपत हुँदै आएको छ ।

“बजारबासीहरू हर्लिक्स, बुस्ट र कम्पनीले प्याकेज गरेको मह खान्छन्,” कामतीले भने “तर गाउँका बासिन्दाहरूले घरेलु भिटामिन र औषधिको रुपमा मह नै प्रयोग गर्छन् । त्यसैले गाउँमा महको माग धेरै भएको हो ।”

उत्पादन भएको मह घरमै बिक्री भएका कारण ग्रामीण भेगका कृषक मौरीपालनतर्फ आकर्षित भएको लहानको मनकामना मौरी विकास केन्द्रले जनाएको छ ।

ग्रामीण क्षेत्रमा उत्पादन हुने महमा मिसावट नहुने उपभोक्ताको विश्वास छ । एक घारमा औसत २५ केजीसम्म मह उत्पादन हुने गर्छ । नेपाली बजारमा अहिले महको मूल्य प्रतिकेजी महको ३ सय रुपैयाँ पर्छ ।

गाउँमै बसेर थोरै लगानीमा धेरै आम्दानी गरिरहेको हुँदा मौरीपालकको जीवनस्तरमा पनि सुधार भएको जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ । कार्यालयको तथ्यांकनुसार सिरहाका २४ स्थानीय तहका करीब ३५ किसानले मौरीपालन गरिरहेका छन् । रासस

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ००:००