११ चैत्र २०८०, आइतबार | Mon Mar 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयमा चोरी गर्ने पक्राउ



असार ४, सप्तरी । राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् ।

सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज वडा नं ५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपीयु, किबोर्ड, प्रिन्टरलगायतको समान चोरी भएको थियो । चोरीका सामानसहित रामलाई छिन्नमस्ता गाउँपालिका–३ बाट पक्रागरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । रासस

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ००:००