८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं १ः ४२ अर्बको बजेट सार्वजनिक




असार १, विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि आज प्रदेशसभामा ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिएका छन् ।

कूल विनियोजनमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३।९ प्रतिशत, पूँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात् ५५।९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु आठ करोड अर्थात् ०।२ प्रतिशत रहेको छ ।

अन्तरसरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरेको मन्त्री आङवोले सभालाई जानकारी गराए । उनले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट तीन अर्ब ८६ करोड, राजश्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिने जानकारी दिए ।

चालू आवको नगद मौज्दात करीब छ अर्ब ६१ करोड रहने पूर्वअनुमान बजेट पुस्तिकामा उल्लेख छ । रासस

प्रकाशित मिति : १ असार २०७६, आइतबार ००:००