२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी समस्या समाधान गर्न माग




जेठ ३१, काठमाडौं । दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ का बासिन्दाले दशकौँदेखि भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् ।

विभिन्न निकायसँग पटक पटक गरिएका मागमा सुनुवाइ नभएपछि स्थानीयवासीले दाङ क्षेत्र नं ३ बाट प्रतिनिधित्व गरेका प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीलाई आज संसद् सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

करीब आठ हजारले खानेपानीका लागि दैनिक आधादेखि दुई घण्टासम्म धाउनुपरेकाले न्याय अधिकार संस्था (जुरी नेपाल), गोगो फाउण्डेशन र जागरण मिडिया सेन्टर सहित ३० स्थानीय प्रतिनिधिले स्थानीयवासीको हस्ताक्षरसहितको ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

जुरी नेपालकी अध्यक्ष शर्मिला श्रेष्ठले दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका–१ र २ को समस्या सुनाउँदै खानेपानी अभावका कारण जनजीवन निकै कष्टर भइरहेकाले समस्या शीघ्र समाधान गर्न आग्रह गरिन् । सांसद केसीले उनीहरूले भोगिरहेको समस्या समाधान गर्न प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार ००:००