१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपाङ्गता भएका व्यक्तिलाई बाख्रा र बङ्गुर वितरण

लेखक स्थानीय खबर ३० जेष्ठ २०७६, बिहिबार १ मिनेट पढाइ


जेठ ३०, लम्की । कैलालीको जानकी गाउँपालिका–८ अपाङ्गता भएका व्यक्तिलाई बाख्रा तथा बङ्गुर वितरण गरिएको छ । चालू आर्थिक वर्षमा सामाजिक विकास कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिका लागि विनियोजित रकमबाट उनीहरुलाई बाख्रा र बङ्गुर वितरण गरिएको हो ।

अपाङ्गता भएका मानिसलाई व्यवसायतर्फ आकर्षित गर्न बाख्रा र बङ्गुर वितरण गरिएको वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर थारूले बताए । “अपाङ्गता भएका व्यक्ति केही गर्न सक्दैनन् भन्ने साँघुरो सोच सबैले हटाउनुपर्छ”, वडाध्यक्ष थारूले भने, “अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरी हौसला प्रदान गर्न सहयोग गरेका हौँ ।”

अपाङ्गता भएका व्यक्तिको मागका आधारमा बाख्रा तथा बङ्गुर वितरण गरिएको हो । यस कार्यले उनीहरुको आयस्रोतमा वृद्धि भई जीवनशैलीमा समेत सुधार आउने अपेक्षा गाउँपालिकाले लिएको छ ।

गाउँपालिका–८ अन्तर्गत खैरीपुर, जवलपुर, भोक्सी, पहाडीपुर, मटेरा, पालबजार, जादुपुर, वनदेवीपुर र भगरैयाका सातलाई बाख्रा र १० जनालाई बङ्गुर वितरण गरेको हो । बाख्रा पाएपछि अपाङ्गता भएका राधेश्याम थारू निकै खुशी लागेको बताउछन् । “हामीलाई कसैले फर्केर हेर्दैन भन्ने लागेको थियो, सहयोग माग्न आए पनि सय पचास दिएर फर्काइन्छ”, उनले भने, “तर यसपटक गाउँपालिकाले बाख्रा र बङ्गुर दियो, हामी अब सकेजति मेहेनत गर्छौँ ।” रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।