११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन



 

जेठ २८, बैतडी । दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो ।

उपाधिसँगै देहिमाडौँले ३० हजार पुरस्कार प्राप्त ग¥यो । उप–विजेता थालिगडाले २५ हजार पुरस्कार प्राप्त ग¥यो । निङ्गलाशैनी खेल मैदान देहिमाडौँमा टस हारेर थालिगडाले ब्याटिङ गरेको थियो । थालिगडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो । १८४ रनको लक्ष्य देहिमाडौँले १८ दशमलव तीन ओभरका छ विकेटको क्षतिमा पूरा ग¥यो । देहिमाडौँका लागि मिना रावतले अविजित ७८ रन बनाइन् ।

बलिङतर्फ थालिगडाकी सुनिता लुहार र सपना ठगुन्नाले दुई दुई विकेट लिइन् । यसअघि ब्याटिङ गर्दै थालिगडाका लागि कप्तान सुनिता लुहारले ७७ तथा दिव्या कार्कीले ५६ रन बनाइन् । बलिङतर्फ देहिमाडौँका बबिता बोहराले तीन विकेट लिइन् । प्लेयर अफ दी फाइनल देहिमाडौँकी मिना रावत भएको स्कोरर द्रोपती बोहराले जानकारी बताइन् । प्रतियोगिताभर १३५ रन तथा छ विकेट लिएकी थालिगडाका कप्तान सुनिता लुहार वुमन अफ दी सिरिज भइन् । उनले पाँच हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभर १२३ रन बनाएकी थालिगडाकी दिव्या कार्की उत्कृष्ट ब्याट्सवुमन तथा नौ विकेट लिएकी देहिमाडौँकी बविता बोहरा उत्कृष्ट बलर भइन् ।

प्रतियोगिताका विजेता, उप–विजेता तथा उत्कृष्ट खेलाडीलाई नेपाल क्रिकेट सङ्घ क्यान का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, दशरथचन्द–२ का वडाध्यक्ष रनबहादुर बोहरा, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग र नगर क्रिकेट समितिको व्यवस्थापनमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार ००:००