१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङका सुत्केरीले भत्ता पाएनन्



 

जेठ २७, बझाङ । यहाँका सुत्केरीहरूले विगत ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता पाएका छैनन् । उनीहरूले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।

राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला ३ हजार ८ सय रुपैयाँ पाउने भए पनि जिल्ला अस्पताल बझाङले साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ ।

तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाकी श्रीमती रुपादेवी थापाले पाउनुपर्ने सुत्केरी भत्ताको रकम अझै नपाएको सोमबहादुरले गुनासो गरे ।

परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलाई भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा. सन्दीप ओखेडाले बताए ।

रकम उपलब्ध स्थानीय तहमार्फत हुने भए तापनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्यका प्रमुख ओखेडाको भनाइ छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ११ महीनायता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५ सय ३५ जना छ । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ००:००