२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६० लाखको कृषि औजार वितरण




जेठ २५, रुकुमपश्चिम । चौरजहारी र सानीभेरी गाउँपालिकाका कृषकलाई कृषि औजार वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ तरकारी र तरकारीको बीउ जोनले दुई स्थानीय तहका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० लाख बराबरका कृषि औजार वितरण गरेको हो ।    
    
 दुई स्थानीय तहका कृषि समूह तथा कृषि सहकारीलाई १८ वटा मिनी टेलर, ६१ वटा स्प्रे ट्याङ्की र २५० वटा तरकारीको बीउ ओसाउने पङ्खा वितरण गरिएको हो ।

त्यसैगरी तरकारीको बिरुवा रोप्ने र ड्याङ बनाउने एक–एक थान उपकरण र बीउ स्टोर गर्ने ३५ वटा उपकरण पनि वितरण गरिएको जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश चन्दले जानकारी दिए । चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले उक्त सामग्री कृषकलाई हस्तान्तरण गर्नुभएको हो । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार ००:००