२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छ दिनदेखि रुकुमकोट अन्धकारमा

लेखक स्थानीय खबर २० जेष्ठ २०७६, सोमबार १ मिनेट पढाइ


जेठ २०, रुकुमपूर्व । विद्युत् सेवा अवरुद्ध हुँदा छ दिनयता जिल्ला सदरमुकाम रुकुमकोटलगायत अन्य केही क्षेत्र अन्धकार भएका छन् । बाफीकोट गाउँपालिका १ रुकुम पश्चिममा रहेको नवभिजन जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको पेनस्टिक पाइप धरापमा पर्दा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लास्थित सञ्चार माध्यम बन्द हुनाका साथै सरकारी कामकाजमा पनि समस्या सिर्जना भएको सञ्चारकर्मी सञ्जयनाथ योगीले बताए ।

विद्युत् सेवा नभएका कारणले बैंक तथा सरकारी कार्यालयमा इन्टरनेट नहुँदा सेवा सञ्चालनमा समस्या भएको छ । पेनस्टिक पाइप अड्याउने मेशिनरी वाल लगाउने काम जारी रहेको र काम अन्तिम चरणमा पुगेको आयोजनाका अध्यक्ष दीपेन्द्र मल्लले बताए । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।