७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हल्दिबारी गाउँपालिका कार्यालय भवन शिलान्यास



जेठ १७, भद्रपुर । पाँच दाताले निःशुल्क दिएको जग्गामा झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवन बन्ने भएको छ ।

भवनको बिहीबार शिलान्यास गरिएको छ । तीन करोड ९० लाख ७९ हजार ३०० मा हल्दिवारी–५ स्थित धनुषपोखरी नजिकै दाताले प्रदान गरेको एक बिघा नौ कठ्ठा जमीनमा निर्माण हुनलागेको गाउँपालिका भवनको शिलान्यास स्थानीय जनप्रतिनिधिले नै गरेका थिए ।

गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले आगामी चैतसम्ममा निर्माणकार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको बताए । भूकम्प प्रतिरोधी कार्यालय भवनको ऐतिहासिक तथा पुरातात्विक महत्वको धनुषपोखरीको पहिचानलाई स्थापित गराउने उद्देश्यले धनुष आकारकै डिपिआर बनाएर कार्यालय भवन बनाउन लागेको अध्यक्ष लिङ्देनले बताए ।

उनका अनुसार भवन बनाउन जग्गादाता सन्तोष माङपुङले चार कठ्ठा, माइतराज राईले एक कट्ठा, तीलबहादुर सुवेदीले चार कठ्ठा, भुपाल लिम्बूले १० कठ्ठा र खर्कमाया साम्सुहाङले १० कठ्ठा जमीन उपलब्ध गराएका छन् । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ००:००