१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐन र सहमति विपरीत स्थानीय तहमा विज्ञापन आयोः कर्मचारी



जेठ १६, काठमाडौं । स्थानीय तहका कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ र यसअघि आन्दोलनमा गरिएको सहमति विपरीत लोकसेवा आयोगबाट विज्ञापन गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थानीय तह कर्मचारी सङ्गठनका अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकार सञ्चालन ऐन र आफूसँग गरिएको सहमति विपरीत विज्ञापन गरिएको आरोप लगाए ।

उनले अहिलेको विज्ञापनअनुसार वर्षौँदेखि स्थानीय तहमा कार्यरत कर्मचारीले भाग लिन नपाउने भएकाले त्यो ऐन विपरीत भएको बताए । “स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को प्रतिस्पर्धासम्बन्धी व्यवस्थामा लोकसेवा आयोगबाट सञ्चालन हुने खुला तथा आन्तरिक प्रतिस्पर्धामा पहिलो विज्ञापनको परीक्षामा भाग लिने अवसर दिइने, त्यसमा उमेर हद नलाग्ने र असफल भएमा स्वतः अवकाश हुने भनिए पनि आन्तरिक प्रतिस्पर्धाबाट वञ्चित गरिएको छ ”, उनले भने ।

अध्यक्ष श्रेष्ठले ऐनअनुसार आन्तरिक प्रतिस्पर्धा गर्न समेत नदिई सेवाबाट हटाउन थालिएको आरोप लगाए । आयोगले बुधबार ५१५ स्थानीय तहका लागि खुला प्रतिस्पर्धामार्फत नौ हजार १६१ कर्मचारीको पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । उनले अहिलेको विज्ञापनअनुसार आफूहरुले भाग लिन नपाउने भएकाले आन्दोलन गरिने चेतावनी दिए । विसं २०७४ भन्दा पहिले करारमा नियुक्त कर्मचारीलाई एक पटक उमेर हद नतोकी प्रतिस्पर्धा गर्न दिइने सहमति भएको थियो । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार ००:००