१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिञ्जा गाउँपालिकाः मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा



जेठ १६, सिञ्जा । सिञ्जा गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार संयुक्त रुपमा उक्त सेन्टर शुभारम्भ गरेका हुन् ।

अध्यक्ष रावलले ६ नं वडाका महिला तथा दिदीबहिनीहरुलाई सजह तरिकाले प्रसूति सेवा दिनका लागि बर्थिङ सेन्टर भवन स्थापना गरिएको र यसमा प्राय सबै सुविधा उपलब्ध गराइएको बताए । वडाध्यक्ष बुढाले २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निमार्ण गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार ००:००