१९ मंसिर २०८२, बिहिबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय बजेटः ३ हजार पुग्यो बृद्धभत्ता



जेठ १५, काठमाडौं । संघीय सरकारले बजेटमार्फत बृद्धभत्ता बृद्धि गरेको छ । साविकमा पाउँदै आएको २ हजार रुपैयाँमाथी १ हजार रुपैयाँ थप गरि ३ हजार रुपैयाँ पुर्याएको छ ।

संघीय अर्थमन्त्री डा. युवराज खतिवडाले विहीवार प्रस्तुत गरेको बजेटले करिब ९ लाख बृद्धबृद्धा लाभान्वित हुने जनाएको छ । कर्णाली र दलित समुदायका ६० बर्ष र अन्य समुदायका ७० बर्ष पुगेका नागरिकलाई सरकारले बृद्धभत्ता दिइँदै आएको छ ।

यसैगरि बालसंरक्षण अनुदानलाई पनि निरन्तरता दिइएको छ । यसबाहेक एकल महिला भत्तालगायतका अन्य केही भत्ता बढाइएको छ । २०५१ सालमा तत्कालिन एमालेको सरकारले सुरूवात गरेको यो कार्यक्रम अहिले पनि लोकप्रिय मानिन्छ ।

यस बर्ष सरकारले बृद्धभत्ता लगायतका सबैखाले सामाजिक सुरक्षा भत्ताका लागी ६४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । बृद्धबृद्धा बाहेक, एकल महिला, अपाङ्गता भएका नागरिक, लोपोन्मुख आदिवासी जनजाति, दलित, पिछडिएका क्षेत्रका बालबालिकाले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार ००:००