१४ मंसिर २०८२, शनिबार | Sun Nov 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन दूधमा आत्मनिर्भर



कृष्ण आचार्य

जेठ १०, भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए ।

दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा घोषणा गर्न लागिएको उनले बताए ।

विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइएको उनले जानकारी दिए ।

कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको उनको भनाइ छ ।

चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएकाले आत्मनिर्भर घोषणा गर्न लागिएको संघका सचिव किशोर बगालेले बताए

जिल्लामा उत्पादन भएको आधा दूधले चितवनको जनसंख्यालाई पुग्ने बगालेको दाबी छ । जिल्लामा दूध किसानको तथ्याङ्क सङ्लकन गरेर मन्त्रालयमा पठाउन लागिएको छ ।

“स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय सरकारकै समन्वयमा किसानले गर्न लागेका छौँ,” उनले भने । साविकको जिल्ला पशुसेवा कार्यालयले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने पटक-पटक प्रतिबद्धता जनाएको थियो । तर बजेट अभावको कारण देखाउँदै कार्यान्वयन गरेको थिएन ।

संघका अनुसार जिल्लामा दैनिक ३ लाख लिटर दूध उत्पादन हुन्छ भने १३७ दुग्ध उत्पादक सहकारी संघसँस्था छन् । भरतपुर महानगरपालिकामा ५२, रत्ननगर नगरपालिकामा २१, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३, राप्ती नगरपालिकामा ६ र माडी नगरपालिकामा १ वटा दुग्ध सहकारी संघ छ । चितवनका सहकारीमा सङ्कलन भएका दूध काठमाडौँ, पोखरा, हेटौँडालगायतका शहरमा पुग्छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार ००:००