११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैनामा इन्टरनेशनल क्रिकेट एकेडेमी बन्ने



जेठ ९, खस्यौली । सैनामैनामा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमीको आज शिलान्यास गरिएको छ ।

पर्रोहा माध्यमिक विद्यालयको स्वामित्वमा रहेको सैनामैना नगरपालिका ४ स्थित १६ कट्ठा जग्गामा बन्ने सो एकेडेमीको नगरप्रमुख चित्रबहादुर कार्कीले शिलान्यास गरे । नगर प्रमुख कार्कीले सैनामैना खेलकूदको केन्द्रका रुपमा विकास हुँदै गएको बताउँदै एकेडेमीले खेलाडीको क्षमता विकास हुने र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग मिल्ने बताए ।

उनले सैनामैनाको गरिमा र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्मा पु¥याउन खेलाडीको भूमिका महत्वपूर्ण भएकाले नगरपालिकाभित्र यस्तो योजना ल्याएको जानकारी दिए । खेल क्षेत्रमा गरिने विकास तथा तालीमका लागि सहयोग गरिने नगरप्रमुख कार्कीको भनाइ थियो ।

एकेडेमीका अध्यक्ष तिलव केसीले सैनामैना लगायत आसपासका खेलाडीलाई प्रोत्साहन गर्न क्रिकेट एकेडेमीको योजना ल्याइएको जानकारी दिए । क्रिकेट मैदान लगायतका संरचना करीब दुई करोडको लगानीमा बन्ने बताइएको छ ।

एकेडेमी सञ्चालन लागि १० जनाको समूह रहेको र उनीहरुले जनही पाँच पाँच लाख उठाएर निर्माण कार्य अघि बढेको हो । आगामी मङ्सिरबाट कक्षा सञ्चालन हुने बताइएको छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार ००:००