१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुर नगरपालिकाः चौतारी संरक्षणमा जुटे स्थानीय समाजसेवी

लेखक स्थानीय खबर ९ जेष्ठ २०७६, बिहिबार २ मिनेट पढाइ

पदमबहादुर अधिकारी

जेठ ९,सङ्खुवासभा । स्थानीय समाजसेवी ऐशनारायण श्रेष्ठले सङ्खुवासभा चैनपुरस्थित जिरोप्वाइन्टमा रहेको बरपिपल संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा रहेका चौतारी मासिँदै गइरहेको बेला चैनपुरको मुटुमा रहेका चौतारीले भने संरक्षक भेट्टाएको छ ।

आफ्ना बुबाआमाको सम्झनामा रोपिएको बरपिपलमुनि सडक निर्माण र अन्य कारणबाट भत्किएको चौतारीलाई पुनःनिर्माण गर्दै आरामदायी फलामे फलैँचा राखेर प्रतिक्षालयको रूपमा चौतारीलाई रूपान्तरण गरिएको छ । सँगै रहेको अर्को जीवन भण्डारीका हजुरबुबाका नाममा बनाइएको चौतारीको अवस्था पनि जीर्ण रहेको छ । कुलपूजाको अवसरमा चैनपुर आएका उद्योगी व्यवसायी एवं समाजसेवी जीवन भण्डारीले समेत आफ्ना हजुरबुबाको नाममा बनेको चौतारीलाई पुनःनिर्माण गरी चैनपुर आउने जोकोही यात्रीलाई चौतारीमा बसेर थकान मेटाउँदै हावा खाने प्रतीक्षालयको रूपमा विकास गर्न आफू लागिपर्ने बताए ।

ज्ञानेन्द्रले बनाइदिए कुलको मन्दिर

सङ्खुवासभा चैनपुर–७ को भण्डारी मोडमा स्थानीय ज्ञानेन्द्र भण्डारीले आफ्नो कुलको सम्झनामा मन्दिर बनाइदिनुभएका छन् । चण्डी पूर्णिमाको अवसरमा भण्डारी बन्धुबान्धवको उपस्थितिमा आकर्षक शैलीमा बनाइएको मन्दिरको शास्त्रीय विधिअनुसार कुलको पूजाआराधना गरेर मन्दिर निर्माता ज्ञानेन्द्र भण्डारीको बाहुलीबाट उद्घाटन गरिएको छ ।

अमेरिकामा बस्दै आएका भण्डारीले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । चैनपुरदेखि खाँदबारी कोशी राजमार्गको भण्डारी मोडमा रहेको देवीथानमा करीब १० लाखको लागतमा मन्दिर निर्माण भएपछि पूजा गर्नेको भीड लागेको छ ।

तयार भयो वैकल्पिक टुँडिखेल

सङ्खुवासभा चैनपुर नगरपालिका–६ स्थित जिरोप्वाइन्ट नजिक रहेका खलङ्गा सामुदायिक वनको हाताभित्र वैकल्पिक टुँडिखेलको निर्माण कार्य सम्पन्न भएको छ ।

वर्षौँअघिदेखि विभिन्न प्रकृतिका सार्वजनिक समारोह तथा कार्यक्रम हुँदै आएको स्थल चैनपुरको टुँडिखेलमा राधाकृष्णको मन्दिरसमेत निर्माण भइसकेको र त्यस क्षेत्रलाई उद्यानको रूपमा विकास गर्ने योजनाअनुरूप घेराबारसमेत गरिएको छ । वैकल्पिक टुँडिखेल निर्माणका लागि प्रदेश नं १ सरकारले ९० लाख बजेट विनियोजन गरिएको थियो ।

टुँडिखेलको निर्माणसंगै त्यहाँ अन्य आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि छ लाखको लागतमा डिपिआर तयार भएको उपभोक्ता समितिका अध्यक्ष आशिष शाक्यले जानकारी दिए । वैकल्पिक टुँडिखेल निर्माण भएसँगै नगरक्षेत्रमा हुने सबै प्रकारका सार्वजनिक समारोह सञ्चालन गर्न सहज हुने चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । खत्रीका अनुसार यस टुँडिखेललाई व्यवस्थित गर्न नगरपालिकाले कुनै कसुर बाँकी राख्ने छैन । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।