१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

लेखक स्थानीय खबर ३ जेष्ठ २०७६, शुक्रबार १ मिनेट पढाइ

जेठ ३, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई २५ हजारसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताइन् ।

नगरपालिकामा रहेको मुटुरोगी, अर्बुद, मिर्गौला लगायत रोगबाट पीडितलाई वार्षिक एक पटकमा २५ हजार उपचार खर्च उपलब्ध गराउने नीति ल्याइएको हो । नगर कार्यालयको सो निर्णयपछि विपन्न रोगीलाई थप सहयोग पुग्ने उपप्रमुख नकर्मीको भनाइ छ । रोग लागेको अस्पताल तथा चिकित्सकबाट प्रमाणित भएपछि निवेदनका आधारमा उक्त रकम उपलब्ध गराउने भनिएको छ । दीर्घरोबाट बचाउन नगरपालिकाकाले विशेष स्वास्थ्य नीति तथा कार्यक्रमसमेत अघि सारेको नगरपालिकाले जनाएको छ ।

साथै नगरपालिकाले ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण अभियान पनि सञ्चालन गर्दै आएको छ । यो कार्यक्रम नौवटा वडामा सञ्चालन भइरहेको र अन्य वडामा पनि यो अभियानलाई निरन्तरता दिने उपप्रमुख नकर्मीले बताइन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।