६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षको तलब शिक्षामा



बैशाख, २६ दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लो फाँटको जनता प्राथमिक विद्यालयमा शिक्षक राख्न पोखरेलले आफ्नो तलब मध्येबाट ७८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

वद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले बताए । उक्त ७८ हजार रुपैयाँमध्ये ५० हजार रुपैयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन् ।

उनले भने, “प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरैको ध्यान जान सकेको छैन । मैले तलब बापतको १० रुपैयाँ मासिक रुपमा प्रिाथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।” अब सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाई समेत वार्षिक रुपमा २६÷२६ हजार रुपैयाँ सहयोग गरिनेछ ।

बन्दीपुर गाउँपालिका वडा नं १ मा तीन प्राथमिक विद्यालय सञ्चालनमा छन् ।रासस

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार ००:००