१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकामा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रम



वैशाख २४, रामपुर । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीमा हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य नारायण आचार्यले कालीगण्डकी करिडोरसँग जोडिएको रभ्भा १ को हुँगी क्षेत्र तरकारी उत्पादनका लागी मुख्य क्षेत्र भएको बताउँदै कालीगण्डकीको पानीलाई समेत उपयोग गरेर आम्दानी लिन सकिने सुझाव दिए ।

उनले कालीगण्डकी करिडोरबाट चीनको नाका कोरला तथा भारतसम्म पनि यहाँका कृषि उत्पादित वस्तु पु¥याउन सकिने भएकाले यसको आपूर्तिका निम्ति पूर्वाधार तयार पार्नुपर्ने बताए । गाउँपालिकाका नौगाउँ, च्याङ्लिङ, साठी खयरघारी क्षेत्रमा करीब ८२ घरधुरीको बसोबास छ । झण्डै १६० रोपनीलाई लक्ष्य गरी कृषि स्मार्ट गाउँ कार्यक्रम ल्याइएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले प्रदेश ५ मा ५३ स्मार्ट कृषि गाउँ घोषणा भइसकेको जानकारी दिए । रासस

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार ००:००