१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कर्णालीको विकासका लागि गुरुयोजना बनाइने’



वैशाख २०, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आगामी छ महीनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए । उनले सडक, बिजुली लगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले सङ्घले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राखे । “सङ्घ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ”, उनले भने, “सङ्घले प्रदेश र स्थानीय तहलाई समन्वय गरि अगाडि बढ्नुपर्ने छ ।”

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले कर्णाली प्रदेशलाई कस्तोरुपमा सम्बोधन गर्दछ भन्ने कुरा आज घोषणा गरिने नीति तथा कार्यक्रमबाट थाहा हुने जानकारी गराए । उनले कर्णाली प्रदेश न्यायको खोजीमा रहेको भन्दै मानव विकासको सूचाङ्कलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने बताए । पहिलो वर्ष कानून निर्माण गर्नुपर्ने भएकाले बजेट कार्यान्वयनको सवालमा भने आफूहरुले लक्ष्य नभेटेको उनको भनाइ थियो । रासस

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार ००:००