१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गण्डकी प्रदेशः एक स्थानीय तह, एक उद्योग ग्राम



वैशाख १७, पोखरा । गण्डकी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्रामको योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रदेश मन्त्रालयले आयोजना गरेको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले प्रदेशका ८५ वटै स्थानीय तहमा उद्योग ग्राम सञ्चालन गरिने जानकारी दिए । नेपाल सरकारका सहसचिव दिनेश भट्टराईले कर्मचारीले सरकार र जनभावनाअनुरुप काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले गोष्ठीले विगतको समीक्षा गर्दै भावी रणनीति तय गर्ने जानकारी दिए । मङ्गलबारसम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्तर्गतका उद्योग अधिकृतको सहभागिता छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार ००:००