७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा विकासका काम तीव्र रुपले अघि बढेको छः महेश बस्नेत



वैशाख १६, भक्तपुर । सांसद महेश बस्नेतले भक्तपुरमा विगत डेढवर्षको अन्तरालमा विकासको काम तीव्र रुपले अघि बढेको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–१ र ४ जोड्ने चरखण्डी खोलाको पुलको उद्घाटन गर्दै उनले भक्तपुरको विकास निर्माणका लागि आएको कुनै पनि बजेट नरोकिने गरी विकासका कामलाई पूर्णता दिने काम भइरहेको बताए । सांसद बस्नेतले भक्तपुरको सडक, ढल, करिडोर तथा राष्ट्रिय गौरवका बहुवर्षीय आयोजना लगायतका एक वर्षमा २० वटा भन्दा बढी निर्माणको काम भइरहेको बताए । यसवर्ष हनुमन्ते नदीमा मात्रै आठवटा ठूला पुल तथा भक्तपुरमा एक दर्जनभन्दा बढी साना पुल निर्माण भइरहेको उनले बताए ।

उनले भक्तपुरमा ५९ सडक निर्माण तथा बोलपत्रको प्रक्रियामा रहेको जानकारी गराउँदै सडकबाट थप यो वर्ष १६ वटा सडक विस्तृत परियोजनाप्रतिवेदन (डिपिआर) को प्रक्रियामा रहेको बताए । एक करोड १२ लाखको लागतमा सात मिटर लम्बाइ र सात मिटर चौडाईको उक्त पुल निर्माण सम्पन्न भएको हो । रासस

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ००:००