१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा पर्सामा वैशाख २१ गते घर निर्माण थालनी हुने

लेखक स्थानीय खबर १६ बैशाख २०७६, सोमबार २ मिनेट पढाइ

वैशाख १६, वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले अविलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गर्ने बताएका छन् ।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गर्न अएका रक्षामन्त्री पोखरेलले सञ्चारकर्मीसँग कुरा गदै नेपाल सरकारले गरेको निर्णयलाई अआधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट गरे । “हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन ”, उनले भने ।

सङ्घीय सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम गरेकाले प्रदेश नं २ को ससरकारले यस काममा विमति नजनाउने विश्वास व्यक्त गदै उपप्रधानमन्त्री पोखरेलले प्रदेश नं २ को मुख्य सचिवको सयोजकत्वमा समिति गठन भएकाले यस काममा प्रदेश सरकारको समेत सहयोग हुने बताए । यही वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने र तिनमा ७५० इञ्जिनीयर संलग्न हुने जानकारी उनले दिए ।

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालय गरी दुईकोठे घर बनाइने जानकारी दिए । उनले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बबनाइने बताए । यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिएका थिए ।

सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ । रासस

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।