१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर

लेखक स्थानीय खबर १५ बैशाख २०७६, आइतबार १ मिनेट पढाइ

वैशाख १५, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका ९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गरे ।

उनले मिनी ट्रेलरको प्रयोगले कृषकको समय र खर्चको बचत हुने बताए । उनले भने, “अब सबै वडाका कृषकलाई क्रमैसँग ट्र्याक्टर वितरण गर्नेछौँ ।” उनले यस आर्थिक वर्षको बजेटबाट सबै कृषकलाई अनुदानमा ट्र्याक्टर दिइने बताए ।

वडाले एक समूहमा पाँच कृषक सदस्य रहेको २७ समूह बनाएर प्रत्येक समूहलाई एक ट्र्याक्टर दिइएको वडाध्यक्ष किरण श्रेष्ठले बताए । उनले भने, “समूह बनाएपछि साधनप्रति माया हुन्छ र मर्मतमा समस्या नहुने भएकाले समूह बनाएर दियौँ ।” उनका अनुसार ७ दशमलव ५ हर्सपावरको मिनी ट्रेलर ३७ हजारमा खरीद गरी कृषकलाई ५० प्रतिशत अनुदानमा दिइएको हो । रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।