१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुम्ती शिविरमा १५१ जनालाई नागरिकता



वैशाख १५, दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा तथा सुरक्षा समन्वयका विषयमा सार्वजनिक सुनुवाइ गरिएको प्रजिअ बाँस्कोटाले जानकारी दिए ।

सार्वजनिक सुनुवाइमा प्रशासनले मदिरा व्यवस्थापन तथा विकास योजनाको पारदर्शिता नगराएको सम्बद्ध व्यक्तिले गुनासो गरेका थिए । रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार ००:००