१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता



बैशाख १४, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या छ ।

वडा नं १ चिसामूल गाउँका १५ घरधुरीका २५ पाँचदेखि सात वर्षसम्मका बालबालिकाका लागि वाल विकास केन्द्र नहुँदा उनीहरू दुई घण्टासम्म हिँडेर अध्यानका लागि जाने गरेको स्थानयीवासी टसी विष्ट बताउँछन् ।

अध्ययनका लागि गाउँमा उक्त केन्द्र नहुँदा वडा नं २ दुईमा रहेको गोक्पा गाउँकोे भानुभक्त आधारभूत विद्यालय पुग्न बिहान ७ बजे नै घरबाट निस्कने गरेको उनले बताए ।

भीरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षाको समयमा बालवालिकालाई विद्यालय पठाउन समस्या पर्दै आएको विष्टले बताए । रासस

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ००:००