१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘प्रदेश नं. २ विकास नभएसम्म मुलुकको समद्धि सम्भव छैन’



बैशाख १४, लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं. २ समृद्ध नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।

संघीयय समाजवादी फोरम नेपाल प्रदेश नं. २ को अविधेशनको शुक्रबार सिरहाको लहानमा उद्घाटन गर्दै यादवले मुलुकको विकास र समृद्धिको प्रमुख आधार प्रदेश नं २ भएको दाबी गरे । त्यसैले प्रदेश नं. २ को विकास नभएसम्म मुलुकको विकास र समृद्धिको कल्पना गर्न नसकिने बताए ।

मुलुकको आमूल परिवर्तनमा प्रदेश नं. २ ले उल्लेख्य भूमिका खेलेको चर्चा गर्दै यादवले सरकारले हरेक क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम अघि बढेको दाबी गरे ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संबिधान प्रदत प्रदेश सरकारको अधिकार कटौती गर्ने प्रयास भएको भन्दै प्रदेश सरकारलाई अधिकार सम्पन्न नबनाएसम्म यस क्षेत्रको विकास हुन नसक्ने बताए । २ दिनसम्म चल्ने अधिबेशनले प्रदेश २ को समिति चयन गरिने फोरमले जनाएको छ । रासस

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार ००:००