१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुर नगरपालिकाको सबै वडामा इन्टरनेट



बैशा १३, बेझाड । पाल्पाको रामपुर नगरपालिकाका सबै वडा कार्यालयमा इन्टरनेट सेवा शुरु भएको छ । नगरका १० वटै वडा कार्यालयमा यसै आर्थिक वर्षदेखि इन्टरनेटबाट सेवा दिन थालेपछि कार्यालयको कामकाज सहज भएको कर्मचारी बताउँछन् । इन्टरनेटको सुविधा बिस्तार भएपछि नगरपालिकाको सूचना सबै वडा कार्यालय सम्म पु¥याउन सजिलो भएको हो ।

अनलाइन पञ्जीकरण सेवा, सामाजिक सुरक्षाभत्ताको लगत राख्नेलगायतका काम सहजरुपमा सञ्चालन गर्न वडा कार्यालयमा इन्टरनेटको बिस्तार गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“नगरपालिकाको वडादेखि केन्द्रसम्मका कामलाई सहज गर्न र छरितो सेवाप्रवाहका लागी इन्टरनेट जोडिएको हो,” थापाले भने ।

यस्तै निस्दी गाउँपालिकामा सातवटै वडामा इन्टरनेटको पहुँच पुगेको छ । जिल्लाकै विकट र दुर्गम मानिएको यस गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा पुगेपछि काम गर्न सहज भएको कर्मचारी बताउँछन् । वल्र्डलिङ्क कम्पनीमार्फत वडा नं १ बाहेक सबै वडामा वायरलेसमार्फत इन्टरनेट जडान गरिएको छ ।

इनटरनेट जडान गर्न प्रत्येक वडामा ३० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले बताए । रासस

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ००:००