७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण



वैशाख १३, हुम्ला । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले उक्त सेवा लिएका छन् ।

वैशाख १० गतेबाट सर्केगाडमा रहेको आयुर्वेद शाखाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।

मङ्गलबारबाट सञ्चालन भएको स्वास्थ्य शिविरको अन्तिम दिन महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरी स्वास्थ्यलाभ लिएको आयुर्वेद शाखा प्रमुख तिलजुङ्ग जनैदरले जानकारी दिए ।

सर्केगाड गाउँपालिकामा आयुर्वेद शाखाले निशुल्करुपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पहिलो दिन २२३ र दोस्रो दिन २४८ जनाले स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य लाभ लिएको आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जनैदरले बताए । तीन दिनसम्म सञ्चालन स्वास्थ्य शिविरमा पहिलो र दोस्रो दिन गरी पुरुषतर्फ १७० र महिला ३०१ ले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा स्वास्थ्य परीक्षण गर्ने महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पिसाबसम्बन्धी, बाथ, युरिक एसिड, ढाड, कम्मर दुख्ने, छालासम्बन्धी, आँखासम्बन्धीका रोगी बढी भेटिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ००:००