१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिभिजन कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण



वैशाख १२, काठमाडौं । सङ्घीय सरकार मातहतका १४ वटा डिभिजन सडक कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । सडकका विभिन्न योजना प्रदेश सरकारमा हस्तान्तरण भएसँगै भौतिक योजना तथा यातायात मन्त्रालय, सडक विभाग मातहतका यी कार्यालयका भवन र जनशक्ति हस्तान्तरण भएको हो ।

सडक निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइएपछि प्रदेश कार्यालयमा डिभिजन हस्तान्तरण भएको विभागका सहप्रवक्ता अर्जुन सुवालले बताए ।

यसअघि ३४ डिभिजन कार्यालय रहेकामा २० सङ्घअन्तर्गत नै रहने र १४ वटा हस्तान्तरण भएको उनले बताए । उनले भने, “सडक निर्माणमा प्रदेश सरकारले पनि बजेट छुट्याइरहेकाले उनीहरुलाई कार्यालय हस्तान्तरण भएको हो ।”

सडक विभागले प्रदेश सरकारलाई हस्तान्तरण गरेका कतिपय सडक भने फेरि सङ्घमै फर्किरहेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । एकातिर डिभिजन हस्तान्तरण भइरहेको र अर्कातिर सडक फर्किरहेको उनले बताए । “प्रदेश सरकारले सडकका योजनासँगै बजेट सङ्घीय सरकारलाई फर्काएका हुन्”, उनले भने, “उनीहरुले फर्काए पनि सडक योजना सम्पन्न गर्न त्यो रकम पर्याप्त छैन ।” मन्त्रालयले कस्ता सडक कुन सरकारले निर्माण गर्ने भन्ने खाका मन्त्रिपरिषद्मा पेश गरेको छ । रासस

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार ००:००