१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगङ्गा गाउँपालिकाः भगवतीमा ‘एक घर एक धारा’ आयोजना

लेखक स्थानीय खबर १२ बैशाख २०७६, बिहिबार १ मिनेट पढाइ

वैशाख १२, बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो ।

चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेशसभा सदस्य विनोद केसीको पहलमा प्रदेश सरकारबाट ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।

स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ । विभिन्न नौ ठाउँमा ट्याङ्की निर्माण गरी छरिएर रहेका खानेपानीका स्रोतलाई एकीकृत गरी घरघरमा खानेपानी पु¥याउने लक्ष्यसहित आयोजना शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष भेषबहादुर भण्डारीले जानकारी दिए ।

हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ । गाउँपालिकामार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा अध्यक्ष भण्डारी र प्रदेश सरकारमार्फत विनियोजन भएको बजेट कार्यान्वयनमा मित्रलाल सुवेदीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएर निर्माण कार्य शुरु गरिएको वडा कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।