७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामेछापमा २८ हजार घर पुनः निर्माण सम्पन्न



तुलसीदेवी श्रेष्ठ

वैशाख ११, रामेछाप । गोरखा भूकम्प गएको चार वर्षमा रामेछापमा करीब २८ हजार निजी आवास निर्माण भएका छन् । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका सूचना प्रविधिविज्ञ ९एमआइएस० का प्रमुख सुरेन्द्र यादवका अनुसार सम्झौता भएका जिल्लाका ४६ हजार ६७८ लाभग्राहीमध्ये २८ हजार ४०८ लाभग्राहीले मात्रै निजी आवास निर्माण गरेका हुन् ।

जिल्लाका कूल लाभग्राहीमध्ये अन्तिम किस्ता लिइसकेका चार हजार ३६२ परिवारको पनि घरनिर्माण अन्तिम चरणमा पुगेको छ । पहिलो र दोस्रो किस्ता लिइसकेका आठ हजार बढीले तेस्रो किस्ता लिन बाँकी रहेको कार्यालयले जनाएको छ । उनीहरुमध्ये कतिपय लाभग्राहीले घरको जग उठाएर लामो समयदेखि निर्माण अगाडि बढाएका छैनन् । कूल लाभग्राहीमध्ये ४३ घरपरिवारले भने पहिलो किस्ताको ५० हजार पनि नबुझेको कार्यालयले जनाएको छ ।

घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएकामध्ये पाँच हजार ५०० लाभग्राही भने सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै शुरु नगरेको जनाइएको छ । यस्तै भवन निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ता ५० हजार लिएका १३ लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेको पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापले जनाएको छ ।

रेडक्रसको कार्यक्रम स्थानीय तहलाईर

भूकम्पपछि निजी आवास पुनःनिर्माणमा प्रभावितलाई सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटीले जिल्लामा सञ्चालन गरेको भूकम्प प्रतिकार्य कार्यक्रम सम्पन्न भएको छ । आवास पुनःनिर्माणका लागि सरकारसँग सम्झौता भएका एक हजार ११ कूल लाभग्राहीमध्ये केहीले घर निर्माण सम्पन्न गरेको र केही सम्पन्न गर्ने चरणमा रहेकै अवस्थामा कार्यक्रमको समयावधि सकिएको हो ।

भूकम्पपछि नागरिकलाई सहयोग गर्ने उद्देश्यले रेडक्रस रामेछापमार्फत विसं २०७२ पुसदेखि रामेछाप नगरपालिका ५ रामपुर र मन्थली नगरपालिका १ मन्थलीमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । भूकम्प प्रभावितलाई पुनःनिर्माणमा आर्थिक तथा प्राविधिक सहयोगका साथै रेडक्रसले कार्यक्रम सञ्चालित दुई क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ जीविकोपार्जन तथा सरसफाइ लगायत क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गरेको थियो ।

भूकम्प प्रतिकार्य कार्यक्रमले समुदायसँगको साझेदारीमा रामपुर र मन्थलीमा आठ खानेपानी आयोजना सञ्चालन गरेको थियो । सोबाट दुई हजार ३०१ घरपरिवार लाभान्वित भएका छन् ।

यसैगरी सोही कार्यक्रमले मन्थलीका माझी समुदायका २५ घरपरिवार लाभान्वित हुने गरी दुई सिँचाइ कुलो निर्माण सम्पन्न गरेको छ । त्यस्तै रामपुरमा बर्थिङ सेन्टर निर्माण र पाँच विद्यालय तथा शौचालय निर्माणमा सहयोग, विभिन्न तालीमलगायत अन्य अभिमुखीकरण कार्यक्रम गरिएको रेडक्रस रामेछापका सभापति शिवकुमार कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार रामपुर र मन्थलीका नागरिकको अवस्था मजबुत बनाउनका लागि जीविकोपार्जनको कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । सोअन्तर्गत कृषकलाई आधुनिक खोर वितरण र बाख्रापालनसम्बन्धी तालीम दिइएको जनाइएको छ । कार्यक्रम सञ्चालित क्षेत्रका नगारिकलाई रेडक्रसले व्यवहार परिवर्तनका कुरासमेत सिकाएको छ ।

यसैबीच रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा पुनःनिर्माण सकाएका लाभग्राहीलाई दिइने निर्माण सम्पन्नताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । सम्बन्धित वडा कार्यालयबाटै प्रमाणपत्र वितरण गर्ने गरी वडाध्यक्षलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरिएको हो । त्यस्तै कार्यक्रम सञ्चालित क्षेत्रमा निर्माण गरिएका खानेपानी आयोजना, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य पूर्वाधारको दिगोपनाका लागि व्यवस्थापकीय जिम्मेवारी पनि सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । रासस

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ००:००