३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरद्वारा स्थानीयवासीसँग विकास योजना माग



वैशाख ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आ–आफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै वडालाई यही वैशाख १२ गतेसम्मको समय दिइएको छ ।

आगामी आव २०७६/०७७ का लागि तयार गरिने वार्षिक बजेट, नीति तथा कार्यक्रममा सबै नागरिकको भावना समेट्न नागरिकसँग विकास योजना माग गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार यसका लागि योजना माग गर्ने व्यक्तिले कामबाट लाभ प्राप्त गर्ने वर्ग तथा समुदायसँग छलफल गर्नुपर्नेछ । त्यसका लागि कामपाका ३२ वटै वडामा वडा समिति गठन गरिसकिएको छ । स्थानीयवासीको छलफलपछि आएका विकासका योजना बढी प्रभावकारी हुने भएकाले यस किसिमको अभ्यासको शुरुआत गरिएको हो ।

माग गरिएको योजनाबाट धेरैलाई लाभ पु¥याउन आपसी अन्तरक्रिया, छलफल र विचारविमर्श गरेर वडा समितिको योजना बुझाउनपर्नेछ । स्थानीयवासीबाट आएका योजना वडा समितिमा पेश हुनेछन् । पेश भएका योजनाको प्राथमिकीकरण गरिने कामपाले जनाएको छ ।

टोलवासीबाट प्राप्त भएका योजनामा वडा कार्यालयले देखेका योजना थप हुनेछन् । यसरी सङ्कलित योजनालाई वडा समितिले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकासजस्ता क्षेत्रमा वर्गीकरण गर्नेछ । स्थानीयवासीले तयार पारेको विकास योजनाका अधारमा सम्बन्धित वडामा विकासको काम, योजना र बजेट तयार हुने बताइएको छ । रासस

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार ००:००