१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर–टक्सार सडक कालोपत्रकाे शिलान्यास



वैशाख ८, भोजपुर । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । सडक निर्माणका लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । उनले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गरे । रासस

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार ००:००