११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपाः ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण



वैशाख ४, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण शुरु गरेको छ ।

कामपाको वडा नं १५ बाट मेयर निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको यस कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई २० प्रतिशतसम्म औषधिमा समेत छुटको व्यवस्था गरी शुरु गरेको जानकारी दिइएको छ ।

पहिलो चरणमा १५ वडामा रहेका करीब एक हजार ६०० सामाजिक सुरक्षाभत्ता लिने ज्येष्ठ नागरिकलाई यस सेवा प्रदान गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

उनका अनुसार अहिले परीक्षणको रूपमा यस वडामा शुरु गरिएको हो । बजेट, जनशक्ति र अन्य व्यवस्थापन सहज भएपछि अन्य वडामा पनि यो कार्यक्रम सञ्चालन गरिनेछ । कामपामा हाल ३२ वडा रहेको छ । कामपामा रहेका ज्येष्ठ नागरिकलाई जीवनको पछिल्लो समय हुने विभिन्न रोगको सिकारबाट समस्या नभई सहज होस् भन्ने हेतुका साथ यस कार्यक्रम सञ्चालन गरिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ ।

यो कार्यक्रम हरेक दिन सामुदायिक स्वास्थ्य सेवा परिषद्मा सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ००:००