१८ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा समस्या



चैत २८, जीतपुर । कपिलवस्तुको मायादेवी गाउँपालिकामा शिक्षाको क्षेत्रमा काम गर्नका लागि अहिलेसम्म कर्मचारी व्यवस्थापन गर्न नसके पनि गाउँपालिकाले आफ्नै प्रयासमा शिक्षाका काम गर्न थालेको छ ।

यसअघि शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्तिले शिक्षा शाखाको जिम्मेवारी सम्हाले पनि सरकारले स्रोत व्यक्तिलाई विद्यालय फिर्ता गरेपछि अहिले शिक्षाको काम गर्ने कुनै पनि व्यक्ति कार्यालयमा रहेका छैनन् । तर पनि गाउँपालिकाले शिक्षाका आफ्ना नियमित गतिविधि सञ्चालन गर्ने योजना बनाएको छ ।

सरकारले कर्मचारी व्यवस्थापन गर्न सकेको छैन, धेरै काम रोकिएको भए पनि आफूहरुले प्रयास जारी राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए ।

जिल्लाको मायादेवी मात्र हैन शुद्धोधन गाउँपालिकामा पनि अहिलेसम्म शिक्षाको काम गर्नका लागि कर्मचारी पुगेका छैनन् । जिल्लाका बाणगङ्गा, बुद्धभूमि, शिवराज नगरपालिका बाहेकका अन्य क्षेत्रमा शिक्षाका लागि कर्मचारी अपुग नै देखिएका हुन् ।

यस वर्ष वैशाख २ देखि १४ गतेसम्म बालबालिकालाई मुस्कानसहितको भर्ना अभियान, विद्यालय स्वागत कार्यक्रम र मसान्तसम्म घरदैलो कार्यक्रम सञ्चालन गरिने भएको छ । अभियानलाई सहयोग पु¥याउन सिद्धार्थ सामाजिक विकास केन्द्र, दलित सामाजिक विकास केन्द्र, सनसाइन समाजिक विकास केन्द्र, लिडो संस्था र ग्लोबल एक्सन नेपालले सहयोग पु¥याउने भएका छन् ।

सबै बालबालिकालाई नेपाल सरकारले प्राथमिकस्तरसम्मको शिक्षा निःशुल्क र अनिवार्य उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेअनुसार गाउँपालिकाको आठ वटा वडामा अभियान सञ्चालन गर्न लागेको हो ।

कपिलवस्तु जिल्लामा यस वर्षको भर्ना अभियानमा अभिभावक सचेतनाका लागि घरदैलो कार्यक्रम, सडक नाटक, स्थानीय भाषा र स्थानीय परिवेश अनुसार प्रचार प्रसारका सामग्री निर्माण, ¥याली, अन्तरक्रिया सहित केही नयाँ कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । सरकारले हरेक वर्ष विद्यालय भर्ना अभियानलाई सञ्चालन गर्दै आए पनि जिल्लामा अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेका छन् । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार ००:००