२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा सदस्यले एक करोडसम्म खर्च गर्न पाउने



चैत २८, हेटौँडा । प्रदेश नं ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठकले प्रदेश विकास आयोजना सञ्चालन गर्ने कार्यविधि २०७५ स्वीकृति प्रदान गरेको छ ।

प्रदेशसभाको बुधवार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सो कार्यविधि अनुसार प्रदेशसभाका प्रत्येक सदस्यले आआफ्नो निर्वाचन क्षेत्रमा जनताद्वारा माग गरिएको योजनामा एक करोडसम्म खर्च गर्न पाउने गरी अधिकार प्रत्योजन गरिएको जानकारी दिए।

प्रदेश नं ३ मा आधारपत्र तयार

प्रदेश नं ३ नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले प्रदेश सरकारले आगामी आव २०७५/७६ देखि प्रदेशका १३ जिल्लामा आवधिक योजना सञ्चालन गर्ने आधारपत्र तयार गरेको जानकारी दिएका छन् ।

उनले सो आयोगको कार्यालय हेटौँडामा स्थापना भएपछि आज पहिलो पटक पत्रकार सम्मेलन गरी आयोगले आगामी वैशाख ६ र ७ गते चितवनको भरतपुरमा प्रतिनिधिमूलक अन्तरक्रिया कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।

सो अन्तरक्रियामा मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्य, विभिन्न मन्त्रालयका सचिव, सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, अर्थविद्समेत गरी १५० प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

डा देवकोटाले प्रदेश सरकारका विभिन्न मन्त्रालयमा आवश्यक कर्मचारी र प्राविधिक समयमा सङ्घीय सरकारबाट उपलब्ध हुन नसक्दा योजना र बजेटमा सन्तुलित नभई खर्च हुन नसकेको तथ्याङ्क प्रस्तुत गरेका थिए । उनले प्रदेशमा उद्योग र कृषिमा लगानी गर्न ३२ खर्ब ३७ अर्ब आवश्यक हुने भएकाले लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया आयोजना गर्न लागिएको बताए ।

नीति आयोगका सदस्य डा रामचन्द्र ढकालले प्रदेश सरकारले आगामी आवका लागि नीतिगत कार्यक्रम र बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बताउँदै आधारपत्रले राष्ट्रिय गौरवको आयोजनालाई कार्यान्वयनमा मद्दत पु¥याउने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार ००:००