१७ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका सबै स्थानीय तहमा नेकपाको एकता कमिटी



चैत २७, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मङ्गलबार म्याग्दीका ६ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ ।

४ स्थानीय तहसहित २८ वडाको नेतृत्व पूर्वएमालेलाई दिइएको छ । यसैगरि २ स्थानीय तहसहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको छ । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले जानकारी दिए ।

“पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका छौँ र वडा कमिटीको अनुमोदन जिल्ला संयन्त्रले गरिसकेको छ,” पौडेलले भने, “ “सबै ठाउँमा सर्वसम्मत कमिटी गठन भएको छ ।”

बेनी नगर कमिटीको अध्यक्षमा पूर्वमाओवादी केन्द्रका शेरबहादुर केसी र सचिवमा पूर्वएमालेका राजकुमार थापा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका खुमनाथ सुवेदी र सचिवमा पूर्वएमालेका देउप्रसाद छन्त्याल चयन हुनुभएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका बेगप्रसाद गर्बुजा र सचिवमा पूर्वमाओवादीका गोविन सिउथानी, मङ्गला गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका प्रेमप्रसाद रेग्मी र सचिवमा पूर्वमाओवादीका यामबहादुर रोकालाई चयन गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका दीपक कार्की र सचिवमा पूर्वमाओवादीका हरि भण्डारी, अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा पूर्वएमालेका खड्ग गिरी र सचिवमा पूर्वमाओवादीका पूर्ण पाइजा चयन भएको जिल्ला संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठले बताए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको करीब १ वर्षपछि स्थानीय र वडास्तरमा संयुक्त कमिटी गठन भएको हो । स्थानीय तह र वडा कमिटीमा पूर्वएमालेबाट ५९ र पूर्वमाओवादी केन्द्रबाट ४१ प्रतिशत प्रतिनिधित्व रहने गरी कमिटी गठन गरिएको छ । रासस

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार ००:००