२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलवा नगरपालिकाका वडाध्यक्षको मृत्यु

लेखक स्थानीय खबर २१ चैत्र २०७५, बिहिबार १ मिनेट पढाइ

चैत २१, गौशाला । महोत्तरीको बलवा नगरपालिका ८ का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए ।

बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा गएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुल समेत गरेका थिए ।

करीब आधा घण्टापछि वडाध्यक्ष महतोले आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए । रासस

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।