१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनहरी गाउँपालिकाः आफ्नै खर्चमा मोटर बाटो निर्माण



चैत २१, हेटौंडा । मनहरी गाउँपालिकाका एक वडा अध्यक्षले निर्वाचनको क्रममा जनता संग गरेको बाचा पूरा गर्न आफ्नै खर्चमा मोटर बाटो निर्माण गराएका छन् ।

वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनालले कृष्णमन्दिरदेखि भोर्ले टाँडी जोड्ने दुई किलोमिटर तथा वडा कै वर्ताझुल्यानदेखि तरुनीधारासम्मको एक किलोमिटर बाटो आफ्नै खर्चमा निर्माण गरेको स्थानीय सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए ।

वडाध्यक्षले आफ्नै लगानीमा बाटो निर्माण गर्दा स्थानीयवासी खुशी भएका छन् । वडाध्यक्ष खनालले वडावासीको आवश्यकता तथा विगतमा आफूले गरेको वाचा पूरा गर्न बाटो खनेको बताए । बाटोको अभावमा जनताले दुःख पाइरहेका र विभिन्न निकायबाट बजेट माग गरिरहन समय कुर्नुपर्ने हुँदा आफ्नै लगानीमा बाटो निर्माण गरेको उनको तर्क छ । विकासका लागि सरकारको मात्रै मुख नताकी सक्नेले लगानी गर्दा राम्रो हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार ००:००