१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रण गर्न समिति गठन



चैत २०, दमौली । तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिमा भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–४ का अध्यक्षसमेत सदस्य रहेका छन् । समितिले गाउँपालिका, स्थानीय प्रशासन, स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री लगायतसँग छलफल गरी बाँदरलाई नियन्त्रण गर्ने उपायबारे क्षेत्र विकास समितिलाई सुझाव दिनेछ ।

देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । बाँदरलाई व्यवस्थापन गर्न बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने वा अन्य केही विकल्पबारे पनि छलफल भएको उनले जानकारी दिए ।

गाउँपालिकाको प्रयासले मात्रै बाँदर नियन्त्रणमा नआउने हुँदा त्यसका लागि आवश्यक सहयोग गर्न गण्डकी प्रदेश र प्रदेश नं ३ को सरकार तथा सङ्घीय सरकारलाई समेत अनुरोध गरिने भएको छ । पौडेलका अनुसार अध्यक्ष प्रदेश ३ को सरकार र भरतपुर महानगरपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

प्रसिद्ध मठमन्दिरसहितको धार्मिक क्षेत्र भए पनि बाँदरले दुःख दिन थालेपछि भक्तजन डराई डराई मन्दिर घुम्नु परेको अध्यक्ष पौडेलले बताए । देवघाट क्षेत्रमा हाल करीब एक हजार ५०० को सङ्ख्यामा बाँदर रहेको देवघाट गाउँपालिका–५ का अध्यक्ष यालबहादुर गुरुङले बताए । रासस

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार ००:००