१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने



प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट लाई निर्देशन दिएका छन् ।

नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार गरी उद्यमशीलताको विकास गरिनुपर्नेमा जोड दिए ।

“विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उचित प्रयोगका साथ नवीन अनुसन्धान र आविष्कार जरुरी छ, त्यसका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्छ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले भने ।

प्राज्ञ बैठकले चालू आव २०७५/०७६ को नीति तथा कार्यक्रम पारित गर्नाका साथै करीब ३० करोड बजेट पनि स्वीकृत गरेको छ । लामो समयदेखि प्राज्ञसभा बैठक बस्न नसक्दा कामकारवाही प्रभावित भएको अवस्थामा प्राज्ञ बैठकले आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने नाष्टले जनाएको छ ।

बैठकले नाष्टको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । विभिन्न विधामा दिइने पुरस्कारलाई पनि बैठकले स्वीकृति प्रदान गरेको र छिट्टै वितरण गरिने उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार सीमित स्रोत र साधन भए पनि नाष्टले प्रभावकारी रुपमा काम गरिरहेको छ ।

अनुसन्धान र आविष्कारका क्षेत्रमा प्रभावकारी कामका लागि अर्को आवमा नयाँ कार्यक्रम ल्याइनेछ । युवा जनशक्तिलाई लक्ष्य गरेर समृद्धिका लागि नवप्रवत्र्तन कार्यक्रम सञ्चालन गरिनेछ । नाष्टले प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाउने तथा जडीबुटी र वन्यजन्तुको ‘बारकोड’ जस्ता विषयमा काम अघि बढाउने भएको छ ।

उपकुलपति श्रेष्ठले आगामी २०७६ वैशाख ४ गते नाष्टले नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको जानकारी दिए । बैठकले बारा र पर्सामा हावाहुरीले पु¥याएको क्षतिबारे शोक प्रस्ताव समेत पारित गरेको छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार ००:००