१४ मंसिर २०८२, शनिबार | Sat Nov 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धवलागिरी गाउँपालिकामा बालपोषण सम्बन्धि स्क्रिनिङ क्याम्प



चैत ११, गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको वडाहरूमा बाल पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प सुरू भएको छ ।

गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरेको हो ।

जन्मिएको ६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको धवलागिरी गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत शुक्रबार धवलागिरि–३ मुनामा कुपोषण पत्ता लगाउन २१ बच्चाको जाँच गरिएको थियो । जाँचेका सबै बालबालिकाको अवस्था मध्यम अवस्था रहेको सुआहाराका फिल्ड सुपरभाइजर चन्द्रकला बानियाँले बताइन् ।

उनका अनुसार, धवलागिरिका अधिकांश वडामा बिहीबार र शुक्रबार कार्यक्रम गरिएको छ भने वडाभित्रका केही टोल बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैगरी धवलागिरि–१ गुर्जामा भने आइतबार र सोमबार कार्यक्रम हुनेछ मुनामा सम्पन्न गरिएको कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, लक्षित समूहका महिला तथा बालबालिकालगायतको सहभागिता थियो । कार्यक्रमको अवसरमा पोषिलो खानाको प्रदर्शनीसमेत गरिएको थियो ।

बच्चामा कुपोषण भए÷नभएको अवस्था पत्ता लगाइसकेपछि उसलाई पोषणयुक्त खानपानको व्यवस्था गर्ने, नियमित स्वास्थ्य परीक्षण र परिवारलाई परामर्श दिइने कार्यक्रम छ ।

यस्तै धवलागिरि–७ ताकममा सञ्चालन गरिएको क्याम्पमा ३ बालिकामा कुपोषण भएको भेटिएको ताकम स्वास्थ्यचौकीका इन्चार्ज सम्झना खाती क्षत्रीले जानकारी दिइन् । रासस

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार ००:००