११ चैत्र २०८०, आइतबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धवलागिरि गाउँपालिकाः प्रवासीको सहयोगमा खेलमैदान निर्माण



चैत १७, म्याग्दी । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका ७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ ।

कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब ५ लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिए ।

खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ युवाको ३ लाख ५० हजार सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरीद गरिएको थियो । क्लबले थप १ लाख खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोगविनै खेलमैदान निर्माण गरेका हुन् ।

एक्साभेटर परिचालन गरेर जग्गा सम्याउन पुर्ख्यौँली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम सङ्कलनका लागि संयोजन गरेका बालकृष्ण आचार्यले बताए ।

खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेलसमेत सञ्चालन गर्न सकिने बनाउने क्लबको लक्ष्य छ । चिसापानी देखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सरपीडित फुलमाया भण्डारीको उपचारका लागि एक लाख १४ हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न २० हजार सहयोग गरेका थिए ।

यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि १५ हजार, ताकमकी मिर्गौलापीडित इन्द्रा खत्रीको उपचारका लागि १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि १० हजार सहयोग गरेका थिए । रासस

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार ००:००