१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखका ६ स्थानीय तहमा लघु उद्यम कार्यक्रम



चैत १६, दैलेख । जिल्ला लघु उद्यमी समूह संघले ६ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सुरू गर्ने भएको छ ।

जिल्लाभर १ हजार ८ सय भन्दा बढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त संघले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता काम गर्नेछ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कविराज खत्रीले कार्यक्रमको सुरूमै प्राप्त बजेट बाँडफाँडबारे जानकारी गराउनु नै पारदर्शिताको महत्वपूर्ण पाटो भएको दाबी गरे । उक्त कार्यक्रमअन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ ५८ लाख रुपैयाँ र उद्यमीको व्यवसाय उन्नतिका लागि १३ लाख रुपैयाँ खर्च गरिनेछ ।

जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष कूलबहादुर विक र घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख पर्शुराम आचार्यले स्थानीय उद्यमीको क्षमता विकास, बजार प्रवद्र्धनलगायत कामले उद्यमी उत्साहित हुने बताए ।

उद्योग सञ्चालन बजारीकरण, स्थानीय तहसँग सहकार्र्यजस्ता विषयमा सङ्घले लामो समयदेखि सहयोग पु¥याउँदै आएको छ । रासस

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार ००:००