१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहाल कर स्वयं घोषणा अभियान शुरु



चैत १५, भक्तपुर । सूर्यविनायक नगरपालिकाले बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका ४ वडा कार्यालय (दधिकोट) ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई उनले सम्मान गर्दै पासबुक पनि वितरण गरे ।

वडाध्यक्ष उत्तम थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर प्रमुख थापाले यस नगरपालिकामा केन्द्र, प्रदेश र स्थानीय तहको गरी एक अर्ब भन्दा बढी रकमबाट विकास निर्माणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

विकास निर्माणको अभियानमा कर तिरेर आफ्नो दायित्व पूरा गर्ने नागरिक असल नागरिक भएको चर्चा गर्दै उनले बहाल करबाट सङ्कलन भएको रकम कर्मचारीको तलब भत्ता लगायत प्रशासनिक कार्यमा खर्च नगरी पूर्वाधार विकासका कार्यहरुमा मात्रै खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका राजश्व शाखा प्रमुख अनिरुद्र नेपालले आधुनिक प्रविधि प्रयोग गरी बहाल आयबुझाउने नागरिकको अभिलेख राखिने बताउँदै उनीहरूले बुझाएको करका सम्बन्धमा जानकारी आफै लिनसक्ने बताए ।

यो अभियानमा हालसम्म ५०० नागरिकले स्वयं कर घोषणा गरेका र आगामी तीन महीनामा कम्तीमा पाँच हजार पु¥याउने लक्ष्य राखिएको उनले बताए । अभियानका सहजकर्ता सङ्गीता न्यौपाने, भगवती शिवाकोटी, वडासदस्य राजु लुवञ्जार, देवराज राजथला, कार्यपालिका सदस्य तारा सापकोटा लगायतले यो अभियान सफल बनाउन सबै लाग्नुपर्ने बताए । रासस

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ००:००