१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर



चैत १५, पाल्पा । रिब्दीकोट गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्र्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्र्याक्टर पाएपछि खेतबारी जोत्न गोरु पाल्नुपर्ने समस्या हटेकामा किसान खुशी बनेका छन् ।

गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषिऔजार वितरण गर्दै आएको छ ।

गाउँपालिकाको छ लाख ३२ हजारको लगानीमा हाते ट्र्याक्टर खरीद गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदान र किसानको ५० प्रतिशत नगदमा गाउँपालिका क्षेत्रभित्रका २५ किसानलाई हाते ट्र्याक्टर वितरण गरेपछि व्यावसायिक उत्पादनमा किसानको आकर्षण बढ्नेछ ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले कृषिलाई व्यावसायिक र यान्त्रिकीकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्र्याक्टर सहयोगी हुने बताए ।

गाउँपालिका–१ ख्याहाका ५७ वर्षीय गिरीराज पाण्डेयले हाते ट्र्याक्टर अनुदानमा पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नुपर्ने समस्या हटेको बताए । खेतबारी जोत्न गोरुको खोजीमा खर्च गर्नुपर्ने समस्या हटेपछि अहिले पाण्डेय खुशी छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत अनिल पौडेलले गाउँपालिकाले आधुनिक कृषि औजार अनुदानमा वितरण गरेपछि कृषि उत्पादन र किसानको आम्दानी वृद्धि हुने बताए । रासस

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार ००:००