१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

लेखक स्थानीय खबर १० चैत्र २०७५, आइतबार १ मिनेट पढाइ

चैत १०, बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ ।

दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल व्यवस्थापक विक्रम थापाले जानकारी दिए । प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल सर्भिसलाई २५–२२, २५–२३ र २५–१४ को सोझो सेटमा हराएको हो ।

उपाधि जितेको टोलीलाई एक लाख २५ हजार र दोस्रो टोलीलाई ७५ हजार नगद सहित शिल्ड, पदक र ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदान गरे । प्रतियोगिता अन्तर्गत शनिबार नै भएको खेलमा पञ्चकन्या गाउँपालिकालाई हराउँदै कालिका युवा क्लबले तेस्रो स्थान हासिल ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी विनोद चन्द घोषित भए ।

दुई वर्षअघिदेखि शुरु गरिएको दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई निरन्तर रूपमा राष्ट्रिय क्लब सहभागी गराएर पुरस्कार राशिसमेत वृद्धि गरी सञ्चालन गर्ने दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । रासस

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।